People Liberation Army  
 
सदस्य लगइन
सदस्यता नाम:
पासवर्ड:
 
पासवर्ड भुल्नुभयो??
नयाँ सदस्य !!
  Image Three








 
 
 

जनमुक्ती सेना समाचार र बिचार

अन्तर्रबार्ता, चौथो डिभिजन कमाण्डर :

चौथो डिभिजन कमाण्डर
- यम बहादुर अधिकारी (प्रतिक्षा)
जनयुद्धको १४ औं बाषिर्कोत्सव र ८ औ जनमुक्ति सेना दिवस सगै मनानुको कारण के हो ?
नेपालीहरुले सामन्तवाद र प्रतिक्रियावादको सर्घष्ा, बलिदान, साहास, मुक्ति र राष्ट्रियताको प्रतिक हाम्रो गौरबशाली संगठन जनमुक्ति सेना नेपालको स्थापना दिवस मसिर ८ गते पर्दछ । हामीले ८ गतेको दिन नै मनाउदै आएका छौं तर यो आठौं जनसेना दिवस भने फागुन १ देखि ७ गते सम्म जनयुद्धको १४ औं बाषिर्क उत्सव संगै भब्य रुपमा मनाउन गइरहेका छौ । यसरी सगै गर्नुको कारण मसिरको महिनामा हामी आन्तिरिक कार्ययोजनामा ब्यस्त रह्यौ । त्यस कारण यो पालो संगै गर्न लागेका छौं ।
दिवसको तयारी कसरी अगाडि बढिरहेको छ ?
दिवस तिन चरणमा पूरा हुन्छ । पहिलो चरण उद्घाटनको चरण हो । दोस्रो चरण राष्ट्रिय स्तरको खेलकुदको चरण हो । यो दर्ुइ चरणको तयारी नै मुख्य चरण हुन् । पहिलो उद्घाटन चरणलाई राम्रो र आर्कषक बनाउदा सक्दा सम्मको प्रयास गर्दर्ैछौं । दोस्रो चरण खेलकुदको चरण हो । त्यसको लागि फिल्ड निर्माण अन्तिम चरणमा पुगेका छौं । त्यसै चरण अर्न्तर्गत खेलकुदको तयारी पर्दछ ।
जनशक्ति कति परिचालन गरिएको छ - यसको समयअवधि कति हुनेछ ।
तयारीको लागि २००० -दर्ुइ हजार) भन्दा बढी परिचालित छन् । यसको अवधि माघ २५ गते सम्मको हुनेछ ।
आर्थिक हिसाबले हर्ेदा यो महङ्गो त हुदैन ?
राष्ट्रिय स्तरको कार्यक्रम गर्दा महङ्गो नहुने त कुरै भएन तर पनि हामी अनावश्यक फजुल खर्च हुन नदिने र व्यायभार घटाउन कोशिस गरेका छौं ।
बाहिरी शक्ति परिचालन छ कि छैन ?
निर्माण, खेलकुद, लजिस्टिक र खाद्यान्न लगायतका सामाग्री जुटाउन शक्ति परिचालन गर्नै पर्‍यो नि ।
कार्यक्रमको आकर्षाहरु के-के हुन्छन् ?
कार्यक्रमको आकर्षामा राष्ट्रपति वा प्रधानमन्त्रीबाट समुद्घाटन, राष्ट्रियता झल्काउने गीत र नृत्यहरु, मार्सल आर्टका विविध डेमोहरु, भलिबल, फुटबल, ब्याटमिन्टन, एथलेटिक्सका विविध आइटमहरु सुटीङ्ग आदि हुनेछन् ।
यहाको डिभिजन -कार्यक्षेत्रमा ) बाषिर्कोत्सव र सेना दिवसको आयोजना गरिएको छ । यहा र डिभिजनको अनुभूति कस्तो रहेको छ - -कार्यक्रमको आयोजना र यसको खटाइको अनुभूति)
समग्र जनमुक्ति सेनाको वीर गाथा र इतिहास बोकेको यो सेना दिवस मनाउनको लागि हाम्रो डिभिजन छनौट गरियो र व्यवस्थापकिय जिम्मा हामीलाई परेको छ । यसलाई डिभिजन परिवार र मैले महत्वपूण अवसरको रुपमा अनुभूति गरेका छौं र हामी युद्धस्तरमा खटेका छौं साथै उत्साहित पनि छौं ।
यतिखेर सेना समायोजनको कुरा चर्चामा छ । कहा पुगेको छ यसको प्रक्रिया ?
यो सेना समायोजनको कुरा नेपाल र नेपालीको भविस्यसग जोडिएको विषय हो । नेपालको स्थायी शान्ति को महत्वपर्ूण्ा पाटो नै यही भएकोले यसलाई कसैले नजरअन्दाज मात्र कदापी गर्न मिल्दैन । समृद्ध राज्य, बिकसित राज्य, शान्त राज्य, स्वतन्त्र र र्सार्वभौम राज्यको लागि सबै राष्ट्रप्रेमीहरु गम्भीर हुन जरुरी छ । राज्यले सेना समायोजनको लागि एक उच्च स्तरिय राजनीतिक समिति सम्म बनाएको छ र काम अगाडि बढाउदै छ भन्ने बुझेका छौं । अब बाकी काम व्यवहारमा हर्ेर्नु पर्ला ।
सातौ सेना दिवस यहाहरुले मनाईरहदा प्रधानसेनापति रुक्माङ्गत कटवालले कालो दिवसको संज्ञा दिनुभएको थियो । यस पटक ८ औं सेना दिवसको पर्ूवसन्ध्यामा एमाले नेता माधव नेपालले दिनुभएको अभिव्यक्ति प्रति यहाको धारण -
पहिलो कुरा कालो इतिहासका अपराधिहरुले अर्कालाई पनि आफु जस्तै ठान्नु त्यति अनौठो कुरा होइन । जनतामाथिको जङ्गली राज गर्नेहरुले सदा-सदाको लागि आफ्नो खुनी सपना भङ्ग हुने गरी गरेको आक्रमणाई सम्झेर चिच्चाएका होलान् यस्तो घृणित छटपटाहटलाई धेरै मान्यता दिन जरुरत छैन । दोस्रो कुरा आम नेपाली जनतालाई शदीऔंदेखि रगत पसिना शोषण गर्ने सामन्तको नाइकेको पाउमा भेटी राखेर लम्पसार पर्ने र जनताले अस्वीकार गरेर लखेटिएकाहरुले दिएका यस्ता अभिव्यक्तिको कुनै अर्थ छैन । त्यसैले नेपाली जनताको स्थायी शान्ति प्रतिको अपेक्षामा कुठाराघात गर्छ ।
जनमुक्ति सेनाको भूमिका अब चाही के हुन्छ ?
जनमुक्ति सेनाको इतिहास भनेको सामन्तवादको समुलनष्ट र गणतन्त्र स्थापना हो । त्यसै गरी उत्पीडित नेपालीहरुको अधिकारका लागि लडेको वलिदाको इतिहास हो । यसकै वलिदानको बलबाट नेपालमा ठूलो ऐतिहासिक परिवर्तन आएको छ । यसलाई अझै बिकसित गर्न भूमिका निर्वाह गर्नु साचो राष्ट्रियता, र्सार्वभौमिकता, अखण्डता, शान्ति र राष्ट्रनिर्माणमा आर्इपर्ने काम पूरा गर्ने नै जनमुक्ति सेनाको भूमिका हुनेछ ।


Post Your Comment
Name: Address:
Comment:
 
info@planepal.org