People Liberation Army  
 
सदस्य लगइन
सदस्यता नाम:
पासवर्ड:
 
पासवर्ड भुल्नुभयो??
नयाँ सदस्य !!
  Image Three








 
 
 

जनमुक्ती सेना समाचार र बिचार

सेना समायोजन विषय विष्शिष्ट मोडमा राजनैतिक सहमति हो ।

  •  तपाईको राजनैतिक जीवन शुरुवातको बारेमा वताईदिनुहोस् न ।

 

राजनीतिक सामाजीक जिवनको अभिन्न विषय हो । त्यसमा पनि हाम्रो जस्तो विपन्न, अर्धसामन्ती र अर्धऔपनिवेसिक मुलुकमा गरीब, इमान्दार, उत्पीडित र मेहेनती वर्गको लागी यो विषय बुझ्न अपरीहार्य छ । शोषण, दमन, अन्न्याय र अत्याचारले बुझ्न वाध्य बनाउछ । जहां दमन, अन्न्याय, अत्याचार हुन्छ त्याहा प्रतिरोध हुनु स्वभाविक हो । इमान्दार श्रमजीवि वर्गमा राजनैतिक चेतना जागृत हुनुको कारण समाजमा भएको शोषण दमननै हो । त्यसैले राजनीति आवश्यकतामा मौलाउने वीउ हो । यसबाट मेरो जिवन अछुतो छैन र म हर्ुर्केको समाज पनि । म संबेदनशिल मान्छे हु, मलाई राम्रा नराम्रा हरेक कुराले तुरुन्तै प्रभाव पार्दछ ।

मैले सानै उमेरमा तत्कालीन सामन्तवादी राजतन्त्रको स्थानीय सतँको अन्यायपर्ूण्ा शासन देखे जहा गरिबले धनीलाई पुज्नु पर्ने, अगाडि शीर उठाएर बोल्न नहुने, ज्ञानगुनका कुरा पढ्ने, लेख्ने जस्ता कुरा गर्ननहुने । गाउको विकासको कुरा गर्न नहुने, यी सबै कुरा तिनै जालीफटाहा सामन्तहरुको सेवामा हुनुपर्ने र गर्नुपर्ने अन्यथा गरीब, असाहाय, र कथित दलित भनिनेहरुले तिनै फटाहाहरुको तर्फाट पीडा भोग्नु पर्ने, कयौ समय विना मुल्य श्रम गरिदिनु पर्ने जस्ता सामाजीक अपराधहरु देखिराको थिए भने अर्को तिर म तत्कालिन असुविधाको विचबाट राम्रा कुरा पढ्न भखर भखर टाढाको बाटो धाएर स्कूलमा गुरुहरुसंग पढ्न जानेथें त्यसपछि म स्कूलमा भनिने झुटो वोल्नु हुन्न, सानालाई माया गर्ने ठूलालाई आदार, मान्छे जन्मदै ठूलो सानो हुदैन जस्ता प्रारंभिक गुरुहरुको शिक्षा तर समाजमा भएको ठीक उल्टो चलनले अन्यौलमा पर्थे म । कांचो बुद्धि न हो कहिले राम्रा कुरा अरुको लागि भन्ने गर्दाले आफ्नो अनुकुल हुन्छ त्यसै गर्ने रहेछ की भन्ने पनि सोच्न पुग्थंे । यसै पढ्ने र भाग्ने विचको अन्धो बुझाई र मेरो १२/१३ वर्षो कलिलो मस्तिष्कमा भएको अन्योलता हटाउने प्रयास असफल भई रहेकै बेला ०४४/०४५ साल तिरको कुरा हो मलाई ताते ताते गाराउंदै पढ्नलेख्नको लागि प्रेरित गर्ने दाई मिन ब.तामाङ -क.लेकाली) जो आज महान् शहीद भैसक्नु भयो उहालाई सोधें समाजको चलीआएको कुरा ठीक या हाम्रो गुरुहरुको कुरा ठीक - उहाले उत्तर दिनु भयो गुरुहरुको ठीक कुरा पनि समाजमा लागु गर्न नसक्नु र समाजमा चलीआएको प्रथा वेठिक हुन् । त्यो सत्ता कम्यूनिष्ट पार्टर्ीीे नेतृत्वमा मात्र ल्याउन सक्छ ।

  • तपाईको दश वर्षो ससस्त्र जनयुद्धका क्रममा पहिलो मोर्चा कुन थियो र त्यस मोर्चा लड्दा खेरीको वास्तविक अनुभूति कस्तो रह्यो ।

 

पार्टर्ीीे विभिन्न योजना र कार्यक्रममा सहभागी हर्ुर्दै आए पनि ससस्त्र दुष्मनसंगको मेरो पहिलो मोर्चा २०५३ पौष १९ गते रातको ११ बजे देखि ३ बजे सम्म भएको रामेछाप जिल्लाको वेथान प्रहरी चौकी आक्रमण हो । जहां मोर्चाका कमाण्डर तथा तत्कालिन काभ्रे रामेछाप जिल्ला सेक्रेटरी तिर्थ गौतम -क.असोक) र दिलमाया लामाको सहादत भएको थियो ।

हामीसंग ४/५ वटा भरुवा, १ थान बारबोर, २/३ वटा कटुवा, २ लोला जिलेटिनको साथमा २८ जना साथीहरु थियौ । ४ घण्टाको भिडन्त पछि सबै चौकी कब्जा गर्यौं र दुस्मन १ जन मारियो । त्यो मोर्चानै नेपाली जनयुद्धको इतिहासमा ससस्त्र दुस्मनको किल्ला माथिको पहिलो सफल मोर्चा हो ।

हामी काठमाडौं नजिकबाट मध्यरातको यात्रा गर्दै सिन्धुपाल्चोक जिल्ला हुदै रामेछाप पुगेका थियौं । हामी जनयुद्धमा सामेल हुंदा हामी के कुरामा प्रशिक्षित थियौं भने क्रान्ति सम्पन्न गर्ने हामी हैनौ त्यो आगामी पुस्ताले गर्दछ मात्र हामी शुरु गछौं । हामी कुनैपनि बेला दुश्मनको नियन्त्रणमा या सहीद हुन्छौं । यही कुरा हाम्रो मष्तिस्कमा सहजता पर्ूवक वास गरी सकेको थियो र मनमनै यो मोर्चा कसरी पूरा होला - भिडन्त कस्तो होला - गोली लागि हाल्दा कस्तो होला - मोर्चा जितेपछि कस्तो होला - भनेर सोच्दै मोर्चाको क्षण पर्खिरहेका थियौं । जब ११ वजे राति भिडन्त शुरु भयो ति मनमा खेलेका अनुभुतिहरु सबै हराए । एउटै सोच भित्रका दुस्मुनहरु कसरी सिध्याउने - कसरी कब्जा गर्ने - यस्तै बेला कमाण्डर कमरेडलाई गोली लागेको खवर सुनियो । लगतै २ जना सहयोद्धाहरुको सहादत को पनि । त्यति वेला शरीरमा कतै करेन्ट लागेको अनुभुति भयो । कुनै पर््रवाहा नगरी मोर्चामा ढुंगामुडा गर्ने र आगो लगाउने गरिरयौ । अन्तमा कब्जा गरेर सहयोद्धाहरुको शव पिठ्ंयुमा बोकें यो मेरो पहिलो भोगाई थियो भावविहवले भएं धेरै साथीहरु रुनु भयो । केही टढा लगेर श्रद्धाञ्जली गरेर र्रुर्दै गन्तव्य तिर फक्यौं सहयोद्धाहरुको सहादतको बेदनाले जितेको अनुभूति नै गर्न सहिएन । १५ दिन पछि मात्र हामीले जितेछौ, सहयोद्धाहरुको बलिदान युद्धको नियम रहेछ, म पनि त त्यो कोटाको लागि तयार भएं भन्ने अनुभुति भयो ।

  •  यतिखेर युद्धको सर्न्दर्भमा युद्धको मोर्चा फेरिएको छ, यस अवसरमा कस्तो अनुभूति गरिरहनु भएको छ ।

 

यतिखेर युद्धको मोर्चा फेरिएको छ । नेपाली जनयुद्ध आफ्नो विकाशको चरणको विशिष्ट विन्दुमा आईपुगेको छ । नेपाली क्रान्तिले विश्वक्रान्तिको असफलताहरु पूरा गर्नुछ । समाजवादको अन्त्य भएको घोषणा गरिरहेको साम्राज्यवादलाई र्सवहारावर्गको तागतको अन्त्य हैन उदयीमान छ । यसले संसारमंै साम्राज्यवादको अन्त्य गर्दै समाजवादी व्यवस्था स्थापना गर्नसक्छ भन्ने उत्तर दिनुछ । यो क्रान्ति कुनै जडता र यान्त्रिकतामा सिद्धिएर साम्राज्यवादी वकवासमा थप तर्क वनाउनु छैन । त्यसैले नेपाली क्रान्तिको यो विशिष्ट मोडमा उभिएको यो फरक मोर्चा नेपाली क्रान्तिको नियम हो । यो अहिलेको नेपाली माटो सुहाउदो, विश्वमा चलेको हावा सुहाउदो र र्सवहारा वर्गको लक्ष्य सुहाउदो छ । त्यसैले मैले तत्काल व्यवहारीक/कार्यनैतिक हिसावले नया ढंगको मोर्चा लडिरहेता पनि सैद्धान्तिक र रणनैतिक रुपमा भिन्न अनुभुति गरिरहेको छैन हामी दिर्घकालीन जनयुद्धलाई नै आधार मानिरहेका छौं, त्यही तागतको प्रयोग मात्र फरक ढंगले गरीरहेका छौं । हामी सफलताको नजीक आईपुगेकाछौं । वलिदान, त्यागका साथै भावना र विचार यतिवेला अझवढी उच्च पार्दै एकताबद्ध मोर्चा कस्न आवश्यक भएको अनुभूति रहेकोछ ।

  •  विगतामा सहिद भएका सहयात्रीहरुलाई यतिखेर सम्झदा कस्तो अनुभूति हुन्छ ।

 

नेपाली क्रान्तिको यो सफलताको पहिलो श्रेय आदरणीय महान सहीदहरुमा जान्छ । कतिले दुश्मनसंग बंकरमा बन्दुक खोसाखोस गरिरहंदा अमरत्व प्राप्तगर्नु भयो । त कत्तिले दुश्मनको पञ्जामा परि अमानवीय यातनाले सहिद हुनुभयो । कत्तिका हातखुट्टा काटिए, कतिका आंखा निकालिए त कतीलाई जिउंदै जलाउने गाड्ने जस्ता यातनाको अगाडीपनि आफ्नो कर्तर्ब्य प्रति दृढ रहंदै र्सवहार्रवर्गको दुश्मनप्रति मरेर पनि घृणा गरिरहने महान सहिदहरु प्रति लालसलाम अर्पण गर्न चाहन्छु र उहांहरुको महान वलिदानप्रति मैले आफ्नो शीर झुकाएको छु । आज ती महान् सहिद भएका सहयात्रीहरुलाई संझदा, नेपाली क्रान्तिका नायकहरुको रुपमा पाउदा जन्मेको अनुभूति हुन्छ, भने आफूलाई उहांहरुसंग हर्ेदा उहांहरुले दिएको अभिभारा म कहिले पूरा गर्न सकुं - यो क्रान्तिको अभिभारा पूरा गर्न प्रेरणा दिइरहेको, दुष्मनसंग नझुक्न र र्सवहारावर्गको मुक्तिको लागि लडीरहन निर्देशन गरीरहेको अनुभूति हुनर्ेगर्दछ । पूरा विवरण

  •  सेना समायोजनको वारेमा तपाईको धारणा के छ, कस्तो खालको समायोजनको अपेक्षा गर्नुभएको छ ।

 

सेना समायोजन विषय विष्शिष्ट मोडमा राजनैतिक सहमति हो । यसलाई इन्कार गरेर शान्तिप्रकृयालाई तार्किक निस्कर्षा पुर्याउने र नेपाली जनाताको परिवर्तको आकांक्षा पनि पूराहुन सक्दैन । यसलाई इन्कार गर्नु वा यसको वारेमा अनावश्यक कर्ुतर्कहरु गर्नु भनेको बृहत् शान्ति संझौता विपरित र नेपाली जनभावना विपरित फेरि नेपाली जनतामाथि जर्बजस्त युद्ध थोपर्न खोज्नु हो भने त्यसको पालना नगर्नुपनि त्यतै लहसीनु हो ।

समायोजन कुनै पनि पक्षको मिनिमाइज गर्नुहोईन, यो त नेपाली जनताको भावना अनुरुप १० वर्षसम्म सामन्तवादको विरुद्ध जीवनमरणको लर्डाई लडेको शक्ति र व्यवहारत नभएपनि ऐतिहासिक रुपमा राज्यको राष्ट्रियतासंग सम्वन्ध राख्ने फौज वीच मिलाएर नयां राष्ट्रिय सेना निर्माण गरी देश, जनता र जनताको राष्ट्रियता प्रतिको आस्था, भावना, र योजनाको समायोजन हो । यसरी मात्र राष्ट्रियता बनाउने, जनचाहना अनुसार परिवर्तन सहितको शान्ति स्थापना गर्न सकिन्छ । त्यसैले यो भिन्न पृष्टभूमीवाट तयार २ वटा फौजको समायोजन जनरल हेडक्वाटर हुंदै क्रमस गर्दै जानर्ुपर्दछ । साथै यसको संगठनात्मक लक्ष्य जनताको सेवामा सर्वोपरी मान्दै आकारमा सानो संगठन वनाउने हुनर्ुपर्दछ ।



Post Your Comment
Name: Address:
Comment:
 
info@planepal.org