कुशल र लडाकु योद्धा थियो उ । निशानी बाज मध्यको एक । टाढा रहेको वोर्डको न्यूक्लियसमा सजिलै गोली छिर्राई दिन्थ्यो । मान्छे त त्यति अग्लो थिएन । त्यति होचो पनि होइन । थेप्चो नाक, तेजिला आखा, गालाका मासुले आखालाई छेक्न खोजे जस्तो र ठिक्क मोर्टाई यही नै उसको बाहिरी सोर्न्दय थियो र सुहाएको पनि थियो । यस्तै भर्खर्रभर्खर यौवन फुलेका थुपै मान्छेहरू मैनापोखरी मोर्चा लड्न आएको रे ऊ पनि भोजपुरे रहेछ । पुर्वको सापेक्षतामा त्यो मोर्चा त्यसबेलासम्मको सबभन्दा ठूलो लडाइ थियो ।
र्ब्युरोको सबै जस्तो छानिएको सैनिक फोर्स केन्द्रित गरेर लडाइमा सहभागी भयौ । योजनागत पक्ष सही हुंदाहुंदै पनि कार्यन्वयन पक्षको थोरै ढिलाईले गर्दा लडाइं आम्शिक सफलतामा मात्र टुंगियो । धेरै साथीहरूको यो नया अनुभव थियो । उसको पनि नयां नै रहेछ तर उसले महत्त्वपुर्ण भूमिका निर्वाह गर्यो । अझ यसो भनौं साहसिहरूलाई कुनै पनि चिज नया हुंदैन भनेर पुष्टि गरिदियो । महान् सहयोद्धा क. सञ्जन, क. जितेन र क. धर्मेन्द्रले सहादत प्राप्त गर्नुभयो । आधा दर्जन जति कमरेडहरू घायल हुनु भयो । त्यतिबेलाको सापेक्षतामा ठूलो क्षतिको महशुस भयो । विचारको धरातलले हामीलाई थेग्न सकेन । विछोडको चोटले हामीलाई आसु झार्न बाध्य पार्यो, रोयाै वेस्करी । धेरै दिनसम्म पनि सम्झनाले सताईरहयो । सयद लडाइको क्षतिपुर्ति गर्नपनि होला छिट्टैनै तालिमको लागि भनेर सैन्य तालिम शिविरको आयोजना गरियो । स्वस्थ प्रतिस्पर्धात्मक रुपमा भव्यतम ढङ्गले चल्यो । सिक्ने कार्यलाई एउटा विश्व विद्यालय मानेर हरेक प्रशिक्षार्थीहरूले उत्कृष्ट बन्ने अभिलाष राखे । सायद कैयनका सवालमा अभिलाषा र मेहनत बीचको दरार पैदा भयो पनि होला तर कुशल सेनाहरूको जमातमा उसले आफनो पहिचान दिन सफल भयो । त्यतिबेला मैले पहिलो पटक उसलाई चिनेको थिए । हामीले दरिला हात मिलाएका थियौं र शिविरबाट छुट्नेवेला क्रान्तिलाई धोका नदिने वाचा गरेका थियौं उसको नाम विजय थियो ।
दोस्रो पटक उसलाई मैले अस्थाई बटालियनको बीचमा एउटा सैन्य टुकडीको कमाण्ड गर्दै गर्दा भेटें । अझ यस्तोबेला भेटें जुनबेला धर्ति आफैं तातिरहेको थियो । लालसेनाहरू झन लाल बनेर फर्मेशनमा उपस्थित थिए । टिगर गार्डमा रहेका आंैलाहरू टिगर अन गर्न आतुर थिए । कम्मरका वमहरू दुस्मनका टाउकामा वषिर्न हतारिएका देखिन्थे । खुकरी एक से एक चम्चमाएका थिए । मानौ केही क्षणमा नै त्यो खुकुरी दुश्मनका छातिभित्र लुक्ने छ र रातै बनेर निस्कने छ । यतिबेला यो लस्कर दुस्मनहरूको जिल्ला सदरमुकाम सोलुखुम्बुको सल्लेरीतर्फअगाडि बढिरहेको थियो । पहिले पहिले कम्पनीको लस्कर देखेर हामी आफै कटक्कै ज्रि्रो टोक्थ्यौं । यो चोटी अस्थाई बटालिएनको फोर्स थोरै लाग्दै थियो । त्यो भन्दा अगाडि पुलिसको ५० जना भनेपछि सोच्न पर्ने बाध्यता आइलागिहाल्थ्यो तर त्यो दिन शाही सेनाको एक टुकडी र दंगाको वेश क्याक्पसहितको सदरमुकाम सानो लाग्दै थियो । त्यो दिन हामीलाई कुनै अवरोधले छेक्न सक्ने थिएन । जनयोद्धाका ताता राता अनुहार, आक्रोश र साहस देखेर सगरमाथा स्वयम मुस्कुर्राई मात्र रह्यो । हामीले पि.के डांडालाई पछाडि पारिसकेका थियौं । सिसा खोलाको कञ्चन पानी मङ्सिरको चिसो सिरेटो काट्दै अविरल छङछङ गरेर टापटिङ र गोराहरूलाई ब्यूझाउदै थियो । हामी सल्लेरी खोलाको वारीपट्टी पुग्दा सगरमाथाको काखमा सल्लेरी लमतन्न सुतेर निदाईरहेको थियो । जुनी वेशीको डाडामा अर्को पटक मुस्कान छरिदैं थियो । एकपछि अर्को गर्दै घेराहरू सांगुरिदै थिए । कृतिम बिजुलीको तेजबोध हामी आफलै गरयौं साथै चन्द्रमा एकपटक चमम्क चम्कियो । लाल सेना एकसाथ गर्जिदा मस्त निन्द्राका बस्तिहरू सायद एकैसाथ ब्यूझिए । एकैसाथ चट्याङसरी आवाजहरू निरन्तर आईरहे । आकाशै भरी तुहांलो लाग्यो, सल्लेरी रगतले रगताम्य बन्दै गयो । रगतका आहाल तर्दै ४५ मिनेटमै सदरमुकाम र दङ्गा पुलिसको वेशक्याम्प कब्जा गरेर गगनवेदी नाराहरू गुञ्जिन लागे । तर आर्मी क्याम्पमा लडाइ लम्बिदै थियो । जनमुक्तिको कसम खाएका जनमुक्ति झुक्दै नझुक्ने वीर योद्धाहरू गोली सहजै निलेर मृत्युलाई हांसीहांसी स्वीकारी दिन्थे । गोलीहरू झनै निर्मम बनेका थिए तर उनीहरू झन निर्मम बनेर ढलिदिन्थे । बन्दुक भुइमा खस्न नपाउंदै अर्को सहयोद्धा अगाडि बढ्थ्यो र फेरि ढल्थ्यो.......। सल्लेरीको खोलामा पानी नभएर रगत बग्न लाग्यो । सगरमाथाको र्सवाङ्गमा सेता टाटा पनि बाकी बस्न छाड्दै रगतले रंगीदै गयो । जुनीवेशीको फाटमा मुस्कान हराउन थाले । जनमुक्ति सेनाको विजयमाथि कुठाराघात गर्दै रात ढल्दै थियो । चादनी मधुरो हुदै पश्चिमतिर अस्ताउने तयारी गर्दै थिइ । कुकुरहरू डरले भुक्न छाडीसकेका थिए । भालेहरू बास्ने तयारी गर्दै थिए । क्रान्ति कति निर्मम हुन्छ नि हगी साथी एउटा सुन्दर विजय हांसिल गर्न रगतको महासागर बगाएर पनि तितो हार सहनुपर्ने । बिहानी भालेको डांकोसंगै सायद हरेक आमाहरूले उजेलीको सुमधुर पवन चुम्न र छोराछोरीका विजयको सुन्दर अपेक्षा राख्दै घर्ुर्लुक्क ढोका खोले होलान् । तर हामीहरू त्यतीबेला ती सर्वोतम छोराछोरीहरूका शवलाई एसल्टको प्राउन पोजीसन मै छाड्न विवश बनेर र्घाईते सहयोद्धालाई स्टेचरमा बोक्दै पि.के डांडामा उक्लदै थियौं ।
रातभरी पिकेले आशुको रुपमा बगाएको शितका थोपाहरू पुच्छ्न बिहानी रवीको पारीलो किरण उसकै टाउकोमा चम्किएको थियो । लालकिरणका उजेलीमा देखिने पारीपट्टीका हिमालहरू बादललाई पराजित गर्दै आधा निस्कदै थिए । आधा आकाश खुल्ला थियो । आधा आकाशमा वादलहरू मडारिरहेका देखिन्थे ती सबैको रङ रातै देखिन्थ्यो । निन्द्रा, थकाई र भोकले लखतरान झैं देखिने जनमुक्ति सेनाको तितर वितर फर्मेशन पि.के डांडाकै छितिजमा लस्करका लस्कर देखिन्थे । फर्मेशनको बीचमा स्टेचरमा बोकिएको र्घाईतेहरूको चित्कार, र्घाईते बोक्दा पसिनाले न्रि्रुक्क भिजेर सास बढेको र स्या.. स्या.. को आवाज अनि एकछिन स्टेचर बिसाएको मौका छोपेर सम्पर्ूण्ा थकाई फालेको उच्छ्वास, यी सबै आवाजको मिश्रीत ध्वनीहरू बिहानीको हावासंगै पीडामय वातावरणमा फैलिन्छ र विस्तारै हराउछ । सकेसम्म हिड्न खोज्ने र्घाईतेहरू प्रसस्तै खोल्ट्याङ खोल्ट्याङ गर्दै अगाडि बढ्ने कोसिस गर्दैछन् । आकाशभरि काला हेलिकप्टरहरू हामीलाई निसानी लगाएर गोलीहरू पड्काई रहेका थिए । प्रत्येक डांडाहरूमा सेना -दुश्मन) खसाल्ने क्रम जारी नै थियो । तर हेलिकप्टरबाट र्झछन तर अगाडि बढ्ने कोसिस गर्दैनन् । जहा र्झछन् त्यहींबाट अन्धाधुन्द फायर गरिरहेका हुन्थे । उसले भ्याएसम्म हाम्रो अगाडि बढ्ने नाकाहरू बन्द गर्ने कोसिस गारिरहेको थियो । सैन्यविज्ञानमा एउटा भनाई छ बिरालोलाई ढोका थुनेर कुट्ने प्रयास गर्यो भने घाटी समात्छ । यतिबेला हामी घाटी समात्ने तयारी गर्नुको विकल्प थिएन । यसमा पनि कायरहरू भाग्ने तयारी गर्दै थिए । र्राईफल फालेर भाग्दै पनि थिए वीरहरू मुकाविला गर्न तम्सदै थिए र अगाडि अगाडि बढ्दै पनि थिए । हेलिकप्टरसगको गोली हानाहान जारी थियो । हेलिकप्टरले हामीलाई लखेट्नु र हामी अगाडि बढ्दै जानु नै हाम्रो एकमात्र विकल्प थियो । म एउटा स्टेचरको पछि लागेको थिए । स्टेचरमा सुत्ने घाइतेको अनुहारमा गोली हो वा ग्रिनेट लागेर अनुहारको एक भाग कुरुप भएको छ । मान्छे चिनिने अवस्था थिएन । सुन्निएर झन अत्यासिलो बनाएको थियो । आखा फुट्यो क्यार भन्ठाने । नाक पनि छैन जस्तो देखिन्थ्यो । सकि नसकि अईया.र्.अईया भनेको आवाज हृदयविदारक बनेर कानमा ठोकिन आइपुग्थ्यो । सायद ऊ पीडाले चिच्याउथ्यो होला तर अहिले उसलाई वैचारिक धर्ैयताले गला अवरुद्ध गरिदिएको थियो । बिरामीलाई पानी खुवाउनुको विकल्प थिएन । अघिल्लो दिन खाजाको लागि बांडिएको बिस्कुटहरू कतै कतै बांकी रहेछ । त्यही खुवाउने असफल प्रयास र्व्यर्थ भयो । निल्न पनि कसरी सकोस र - मुखभरी घाउ नै घाउ छ । रातभरी जंगलमा मङ्सिरको चिसो शितमा बिरामीलाई बचाउन कति मुस्किल पर्यो भनेर अनुमान नलगाउं । सबैका ओड्नेहरू जम्मा गरेर बिरामीहरूलाई सुतायौ र हामी त्यतिकै पल्टियांै । हामीलाई भोलिपल्ट आरभि पोइन्टमा पुग्नु थियो । बिरामीलाई जिल्ला पार्टी सर्म्पर्कमा छोड्यांै हामी आफ्नो बाटे लाग्यौं मैले छुट्ने बेला नजिकको कसैलाई सोधें यो बिरामी को हो क. विजय नजिकैको साथीले उत्तर दियो । मलाई उसको त्यो मैना पोखरी मोर्चामा देखेको सुन्दर अनुहार, कुशल शैन्य अनुशासित योद्धा र हिजो मात्रै एउटा टुकडीको कमाण्ड गर्दै गरेको त्यो हंसिलो र फूर्तिलो कमाण्डरको याद आयो । लामो उच्छ्वास छोडें । मलाई लाग्यो उ बांच्ने छैन...... ।
क्रान्तिको तीव्र विकाशसंगै हामी अगाडि बढिरहेका छौं । दजनौ सहयोद्धालाई काखैमा राखेर बोल्दाबोल्दै छोड्याैं । हजारौं वीरहरूको रगतले निर्मित शैन्य डिभिजनको फर्मेशनमा छु म आज । एक दिन, युद्धविरामपछि शुरु भएको शान्तिवार्ता भंग हुने प्राय निश्चित हुंदै थियो । समसमायिक विषयमा एउटा राजनीतिक प्रशिक्षणमा हामी उपस्थित थियौ । प्रशिक्षणको स्वागत कलकारहरूले पनि गरे । प्रत्येक वक्तापछि प्रत्येक पटक गीतहरू गुञ्जयमान हुन्थे । प्रशिक्षणको विचारधारा र गीतको भावधारामा सिङ्गै हल नतमस्तक देखिन्थ्यो । तर त्यहां कलाकारको बीचमा एउटा अनुहारको मलाई कौतुहल लगिरहेको थियो । जो परिचत भन्ने नै लाग्दै न थियो । उसले आखामा ठूलठूला सिसा भएको चस्मा लगाएको थियो । नाक भांचिएर एकातिर बाङ्गिएकाले होला सिक्कसिक्क गरिरहने । एकातिरको गालाको हडि्ड भांचिर अनुहार अस्वभाविक ढंगले बिग्रिएको थियो । चस्मा भित्रको एउटा आंखा अलिअलि चल्मलाए जस्तो देखिन््थ्यो । तर प्रस्ट थाहा हुन्थ्यो कि त्यो आंखाले काम गर्दैन । त्यो मान्छे त्यति अग्लो त थिएन फेरि होचो पनि होइन । ठीक्क मोर्टाई भएको उसका स्वरहरू किवोडका आरोह अवरोहहरूसगै गुञ्जिएका थिए र प्रत्येक व्यक्तिका
हृदयमा प्रतिध्वनि बनेर पुन गुञ्जिन पुग्थे । उसका पनि यौवनहरू फक्रदै छन् । उसका आवाजहरू स्वयं सौर्न्दर्य बनेर फेलिएका त थिएनै । यद्यपि भौतिक सुन्दरताले पराजित गरिदिएको थियो । उ गीतमार्फ लाल जोडीलाई शुभकाना दिदै थियो क्रान्त्रिकारी यात्राहरूमा कल्हियै नरोकी बड्दै जाउ यी शब्दहरू दोहोर्याई दोहोर्याई गाउदै थियो । पुरानो चोटले बांगिएका उसका ओठ भित्रका चम्किला दातहरू यी खुस्रि्रद क्षणमा मुस्कुराउदै चम्कदै थिए । उ नाच्दै थियो । बन्दुक बोक्ने सौभाग्यले उसलाई एकहदसम्म कमजोर पारेको थियो । तर उ अर्को हतियार बोकेर सांस्कृतिक मोर्चामा उत्रिएको थियो । उ सांस्कृतिक सेना बनेर युद्ध लड्दै थियो । मैले केवल उसलाइ यति अनुमान लगाए कि कुनै बेला उ जनमुक्ति सेना थियो । कार्यक्रमको अन्त हुंदै थियो मैले नजिकैको साथिलाई सोधें त्यो मान्छेको थियो जो सायद यसअघि सिपाइ थियो होला नजिको साथीले जवाफ दिनुभयो धत अझसम्म नचिनेको उ त विजय हो नि सल्लेरी मोर्चामा घायते भएर अहिले कलाकार हुनुहुन्छ । उत्तरसगै म झस्किए । बल्ल थाहा पाए र दोस्रो पटक चिने कि ऊ त्यही सैन्य शिविरको कुशल र उत्कृष्ट सैन्य लडाकु मध्येको एक थियो । उ त्यही म भन्दा अगाडि स्टेचरमा रहेको अनुहारमा गोली लाग्ने घाइते थियो । मैले बाच्दैन भन्ठानेको कुशल योद्धा हाम्रै अगाडि नाच्दै थियो । उ क. विजय थियो । विजयको गीत गाउदै थियो ।